घर नजिकैको जङ्गलबाट आएको भालुले ४८ वर्षीया नन्दालाई आक्रमण गर्यो • Osvevo

घर नजिकैको जङ्गलबाट आएको भालुले ४८ वर्षीया नन्दालाई आक्रमण गर्यो

Osnepal January 23, 2022
0

काठमाडौ । जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् ।

शनिबार घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले राससलाई जानकारी दिनुभयो ।

भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताउनुभयो । घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर