माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारकी ६७ वर्षीया आमामाथि निर्घात कुटपिट • Osvevo

माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारकी ६७ वर्षीया आमामाथि निर्घात कुटपिट

Osnepal Admin (KTM) May 11, 2022
0

काठमाडौँ-माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारकी आमा कुटिएकी छन् ।  रोल्पाको   नछहरी गाउँपालिका-५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तीर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकी कुटिएकी हुन् ।

चुनाव प्रचारका क्रममा टोलमै आएका माओवादी कार्यकर्ताले घरबाहिर बोलाएर निर्घात कुटपिट गरेको पीडित सत्माले बताइन् । सत्माको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ ।

उनीहरूले यसअघि पनि धम्की दिएको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर