'सत्यम’को शीर्ष भूमिकाका लागि अनुबन्धित पल जेल परेपछि अड्कियो, पर्खदै निर्माता • Osvevo

‘सत्यम’को शीर्ष भूमिकाका लागि अनुबन्धित पल जेल परेपछि अड्कियो, पर्खदै निर्माता

Osnepal Admin (KTM) May 11, 2022
0

काठमाडौँ- ठूलो तामझामसाथ घोषणा भएको चलचित्र ‘सत्यम्’ मा पल शाह अनुबन्धित भएका थिए । शीर्ष भूमिकाका लागि अनुबन्धित पल शाहमाथि मुद्दा परेपछि उनी अहिले जेल परेका छन् । उनी जेलमा परेपछि फिल्म छायाकंनमा जान सकेको छैन् । पलको मुद्दा किनारा लागेपछि मात्रै चलचित्रको छायाँकन गर्ने पक्षमा चलचित्रका निर्माता रहेका छन् ।

पल निर्दोष सावित भएर निस्किएको खण्डमा फिल्ममा पललाई नै राख्ने निर्माता रेशम सापकोटाको योजना रहेको छ । यो चलचित्रमा अर्का अभिनेता राजेश हमाल पनि शीर्ष भूमिका लागि अनुबन्धित भएका छन्। यस अघि फिलमको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा हमाललाई मात्रै फिचर्ड गराइएको छ। सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट रहेको छ। गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर