निर्वाचनको प्रभाव : गएको ४ दिनमा २ लाख २० हजारले छाडे उपत्यका • Osvevo

निर्वाचनको प्रभाव : गएको ४ दिनमा २ लाख २० हजारले छाडे उपत्यका

Kabita Ghimire (KTM) May 11, 2022
0

काठमाडौं २८ वैशाख । स्थानीय तह निर्वाचन मुखैमा आउँदा भोट हाल्न भन्दै काठमाडौं उपत्यका छोडेर जानेको संख्या हवात्तै बढेको छ ।

गएको ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढीले उपत्यका छाडेको पाइएको छ । हिजो मंगलबार मात्रै करिब ६० हजारले उपत्यका छोडेका थिए ।

उपत्यकमा भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।
आज बुधबार उपत्यका छाड्नेको संख्या पनि ह्वात्तै बढेको छ । हरेक नाका आज यात्रुको चाप बढेको पाइएको छ ।

हिजोको भन्दा आज उपत्यकाबाट यात्रु बाहिरिने संख्या बढ्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर