जेठ १ गतेदेखि विद्यालय हप्तामा दुई दिन बिदा हुने • Osvevo

जेठ १ गतेदेखि विद्यालय हप्तामा दुई दिन बिदा हुने

Osnepal Admin (KTM) May 11, 2022
0

काठमाडौं -जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिइने भएको छ । बुधबार बसेको शिक्षा मन्त्रालयको बैठकले शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था हटाइ शनिवारबाहेक आइतबार पनि बिदा दिइने भएको हो ।

त्यसैगरी अब वर्षभरिमा जम्मा ३० दिन मात्रै विद्यालयमा बिदा दिइने छ । जसमा हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरिएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर