आइतबार सार्वजनिक बिदा हुने भएपछि कटौती भयो , शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा • Osvevo

आइतबार सार्वजनिक बिदा हुने भएपछि कटौती भयो , शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा

Kabita Ghimire (KTM) May 11, 2022
0

काठमाडौं २८ वैशाख । सरकारले आइतबार पनि विदा दिने निणर्य गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निणर्य गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिने भन्दै मन्त्रालयले विदा कटौती गर्ने निणर्य गरेको हो ।

मन्त्रालयले सरोकारहरुसँगको छलफल पछि हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निणर्य पुगेको हो ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था रहेकोछ भने त्यसैगरी ,एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर