भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता • Osvevo

भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

Osnepal Admin (KTM) May 11, 2022
0

भक्तपुर, २८ वैशाख -काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँंदै बाहिरिएका हुन् ।

आ-आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँंठाउँंमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।

काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १ र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरकाे नाका भएर बुधबार बाहिरिएका हुन् । जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडाैँ उपत्यकाबाट हजाराैँ यात्रु बाहिरिने अनुमान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर