निर्वाचनमा पत्रकारलाई बिशेष पास नचाहिने • Osvevo

निर्वाचनमा पत्रकारलाई बिशेष पास नचाहिने

Loknath Rijal (Jhapa) May 11, 2022
0

स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक र पास भएका सवारी साधनलाई मात्र गुड्न दिने निर्वाचन आयोगले पत्रकार लागि भने केही सहज बनाउने निर्णय गरेको छ । आयोगले अब निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने बताएको छ । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महासंघको अनुरोधमा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनु नपर्ने जानकारी दिए । यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ । निर्वाचनलाई मध्यनजर गर्दै आयोगले यसअघि अनिबार्य पासको ब्यवस्था गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर