डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते • Osvevo

डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

Osnepal May 12, 2022
0

धनगढी, २९ वैशाख-डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर