बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमाले उम्मेदवार राजन समातिए • Osvevo

बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमाले उम्मेदवार राजन समातिए

Osnepal Admin (KTM) May 12, 2022
0

सुर्खेत-एमालेका एक उम्मेदवारलाई प्रहरीले नियन्त्रणका लिएको छ । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा भेटेपछि गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको छ । बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर