यस्तो छ आजको सुनको मूल्य • Osvevo

यस्तो छ आजको सुनको मूल्य

Osnepal June 21, 2022
0

काठमाडौं, ७ असार:

सुनचाँदीकाे मूल्य म‌ंगलबार स्थिर छ । साेमबारकै मूल्यमा म‌ंगलबार सुनचाँदीकाे काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार साेमबार ताेलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा म‌ंगलबार काराेबार भइरहेकाे हाे । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेकाे छ ।

म‌ंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर