केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक • Osvevo

केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

Osnepal Admin (KTM) June 21, 2022
0

नयाँ दिल्ली, ७ असार -भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बाेकेकाे केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।

उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ ।
तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबल कार प्रयोग गरेका थिए ।यस्तै, घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच एक जना अपरेटर केबलकारबाट हाम फाल्दा उनका मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर