छिमेकी राष्ट्रहरुसँग बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउनु हुँदैन : ओली • Osvevo

छिमेकी राष्ट्रहरुसँग बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउनु हुँदैन : ओली

Kabita Ghimire (KTM) June 21, 2022
0

काठमाडौं ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु आफ्ना छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन नहुने बताएका उनले

अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा कुनै कार्ड आफुहरुले खेल्न नहुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूको समूहले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन’, ओलीले भने ।

छिमेक सम्बन्धमा कार्ड खेल्दा नेपाल फस्ने बताएका उनले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नेपालले कुनै हीनताबोध राख्न नहुने स्पष्ट पारेका छन् ।

‘जनसंख्यामा देश सानो ठूलो हुनसक्छ । विकासको स्तरमा अघि वा पछि हुनसक्छ तर सार्वभौमसत्ता सबैको समान हो । त्यसैले हीनताबोध राखेर मित्रता हुनसक्दैन, न्यायोचित राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर