काठमाडौं :
सिक्री लुटेर भाग्दाभाग्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नसरीको धरान उपमहानगरपालिका(८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट पक्राउ गरेको हो । टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको सिक्री तानेर भागेका थिए ।
खबर पाएपछि पुगेको गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।