काठमाडौं २३ साउन । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि तालमेल गर्न र सिट बाँडफाँड गर्न बनेको सत्ता गठवन्धको कार्यदल समितिको संंयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
आज सोमबार बसेको कार्यदलको बैठकले सिटौलालाई कार्यदलको संयोजकमा चयन गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने जानकारी गराए ।
अब गठवन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्ने भएको छ ।