फोहर व्यवस्थापन नगरपालिकाले गर्ने भएपनि राजधानी यति फोहर हुँदा सरकार रमिते हुन मिल्दैन : भीम रावल • Osvevo

फोहर व्यवस्थापन नगरपालिकाले गर्ने भएपनि राजधानी यति फोहर हुँदा सरकार रमिते हुन मिल्दैन : भीम रावल

Kabita Ghimire (KTM) August 08, 2022
0

काठमाडौं २३ साउन । नेकपा एमालेका सांसद भीम रावलले नेपाली कांग्रेसको सरकार र फोहर तथा विकृत रजनीतिको कस्तो गहिरो सम्बन्ध होला भन्दै आलोचना गरेका छन् ।

२०४८ सालमा पनि कांग्रेस नेतृत्वको सरकार भएको बेला काठमाण्डौ फोहरको डंगुर भएको स्मरण गराउँदै नेता रावलले अहिले पनि कांग्रेसको सरकार भएको समयमा काठमाडौंमा फोहोर थुप्रिएको भन्दै कांग्रेस सरकार र फोहर तथा विकृत रजनीतिको गहिरो सम्बन्ध होकि भन्दै टिप्पणी गरेका हुन् ।

फोहर व्यवस्थापन नगरपालिकाले गर्ने भएपनि राजधानी यति फोहर हुँदा सरकार रमिते हुन नमिल्ने नेता रावलको तर्क रहेको छ ।

उनले लेखेका छन् , ‘२०४८ पछि नेकां नेतृत्वको सरकार छँदा काठमाण्डौ फोहरको डंगुर भएको थियो।अहिले नेकां नेतृत्वको सरकार छ, राजधानी फोहरको दुर्गन्धले आक्रान्त छ।नेकां सरकार र फोहर तथा विकृत रजनीतिको कस्तो गहिरो सम्बन्ध१ फोहर व्यवस्थापन न.पा.ले गर्नुपर्छ तर राजधानी यति फोहर हुँदा सरकार रमिते हुन मिल्छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर