काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी एक पटक माधव नेपालको खुशी खोसीदिएका छन् ।
ओलीले नेता नेपालको गृहजिल्ला रौतहट पुगेर विभिन्न दलका प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराएसँगै नेकपा एस्मा खल्लबल्ल भउको छ ।
सोमवार रौतहटको राजधानी गौरमा आयोजित कार्यक्रममा नै पुगेर अध्यक्ष ओलीले गौर नगरपालिकाका निवर्तमान मेयर समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव अजय गुप्तालाई एमालेमा प्रवेश गराउका छन् ।
त्यस्तै ओलील्े लोसपाका नेता तथा संविधानसभा सदस्य चन्दन साह, नेपाली कांग्रेस रौतहट जिल्ला कार्य समिति सचिव तथा प्रदेशसभा सदस्यका उम्मेदवार राजेश चौधरी, गढीमाई नगरपालिकाकी पूर्व उपमेयर सुभद्र गुप्ता लगायतलाई एमालेमा प्रवेश गराएका छन् ।
विभिन्न दलका नेताहरुलाई अध्यक्ष ओली तथा एमाले नेता प्रभु साहले स्वागत गरेको कार्यक्रम भव्य रुपमा आयोजना गरिउको थियो ।