बसको ठक्करबाट ११ वर्षीय बालक रिमेशको मृत्यु • Osvevo

बसको ठक्करबाट ११ वर्षीय बालक रिमेशको मृत्यु

LC (KTM) August 09, 2022
0

तनहुँ- तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ग१क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर