घाँटीमा लगाएको सिक्री लुटपाट गरी भाग्दै गरेका ज्ञानेन्द्र पक्राउ • Osvevo

घाँटीमा लगाएको सिक्री लुटपाट गरी भाग्दै गरेका ज्ञानेन्द्र पक्राउ

LC (KTM) August 09, 2022
0

काठमाडौँ-नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर