बर्दिबासमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु • Osvevo

बर्दिबासमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

LC (KTM) August 09, 2022
0

जलेश्वर-महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर