सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो • Osvevo

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

Osnepal August 09, 2022
0

काठमाडौं, २४ साउन:

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर