हाम्रो चियाको गुणस्तरमा समस्या छैन, भारत ल्याबको समस्या हो : झलनाथ खनाल • Osvevo

हाम्रो चियाको गुणस्तरमा समस्या छैन, भारत ल्याबको समस्या हो : झलनाथ खनाल

Kabita Ghimire (KTM) August 09, 2022
0

काठमाडौं २४ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

इलाममा उत्पादन भएको चिया बिक्रीमा समस्या देखिएपछि प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए । देउवालाई भेटेर समास्या समाधानका लागि पहल गर्न आग्रह गरेका नेता खनाल इलामका चिया व्यवसायीसहित देउवाकोमा पुगेका थिए ।

चिया बिक्रीमा देखिएको समस्या समाधानका लागि भारत सरकारसँग कुरा गर्न समेत आफूले भनेको जानकारी दिएका उनले भने , ‘हाम्रो चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएको छ। यो हाम्रोभन्दा पनि उसकै ल्याबको समस्या हो’ ।

भारतले अहिलेसम्म चियामा कर लगाएको थिएन। अब ठूलो मात्रामा कर लगाउन खोजेको छ। त्यसैले यसका लागि जि टु जि प्रक्रियाबाटै अघि बढ्नुपर्ने भएको उनले बताए ।

यस विषयमा आफुले पहल गर्ने प्रधानमन्त्री देउवाले आश्वासन दिएको नेता खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर