कीर्तिपुरका नारायण बस्नेतको घरबाट एकाविहानै २९ तोल सुन र १ लाख ५० हजार चोरी • Osvevo

कीर्तिपुरका नारायण बस्नेतको घरबाट एकाविहानै २९ तोल सुन र १ लाख ५० हजार चोरी

Osnepal August 09, 2022
0

काठमाडौं, २४ साउन:

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ ।

अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर