रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला • Osvevo

रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला

Osnepal Admin (KTM) August 09, 2022
0

विराटनगर :

रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । मोरङको पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका-८ आन्दाजी ४५र५० वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

त्यस्तै मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७–२८ वर्षीय युवक मृत फेला परेका छन् । खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका विशाल राई ओछ्यानमै मृत भेटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर