बलिउडकी सुन्दरी अभिनेत्री सारा अली खान यतिबेला आफ्नो आगामी फिल्म मा व्यस्त छिन् । यसबाहेक, उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना फ्यानहरू माझ । नमस्ते दर्शक शृंखलामा हावी छिन् । उनको रिपोर्टिङ स्टाइललाई फ्यानले पनि निकै मन पराई रहेका छन् । सारा अली खानलाई निकै बबली अभिनेत्री मानिन्छ, जसलाई उनका फ्यानहरुले निकै मन पराउने गरेका छन् ।
सारा अली खान आफ्नो कुरा खुलेर राख्न रुचाउँछिन् । केही समयअघि एक अन्तर्वार्तामा साराले आफ्ना बाबुआमा सैफ अली खान र अमृता सिंहको विवाह सम्बन्ध विच्छेदको बारेमा कुरा गरेकी थिइन् । सारा अलीले भनिन्– उनी करिब ९ वर्षकी थिइन् जब उनका बाबुआमाको सम्बन्ध विच्छेद भयो । उनले यो सबै देख्न र बुझ्न सकेकी थिइन् कि आमाबुवा लाई सँगै राख्दा कत्ति पनि खुसी छैनन् ।
सारा अलीले अन्तर्वार्तामा खुलेर बोल्दै भनिन्–उनीहरू अलग भएसँगै एकदमै खुसी छन् र सुन्दर मानव जिवन जिईरहेका छन् । सारा अलीले उक्त अन्तर्वार्तामा थप भनिन्– मेरी आमाले विवाहपछि करिब १० वर्षसम्म हाँस्न बिर्सनुभएको थियो, तर बुबासँग छुट्टिए पछि अचानक खुशी र उत्साहित देखिन थालिन्, जसको उनी पनि हकदार थिईन् । म खुसी छु कि मेरा आमाबुवा फरक–फरक घरमा छन् र खुसी छन् । साथमा साराले यो पनि भनिन्– आफ्नी आमालाई हाँसेको र मुस्कुराएको देख्न मन लाग्छ, किनकि उनले लामो समयदेखि यी सबै मिस गरिरहेकी छिन्।