काठमाडौं :
मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा अमेरिकी सांसद जेनिफर राजकुमारले न्युयोर्कमा सम्मान गरेकी छन् । जोशीलाई र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको तथा नेपाली समाजको रोल मोडल बनेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।
जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्याउन भूमिका खेलेको उल्लेख गरेकी थिइन् प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको बन्दै न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले मुक्त कण्ठले प्रशंसा गरेकी हुन् ।
जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरुको सघन बसोबास छ । जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् ।मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसको लागि बिजुली परियोजना बनाउन लगानी जुटाउने र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग जोशी अमेरिका पुगेकी हुन् ।