दुई ओटा टाउका भएको आनौठो पाडो जन्मिएपछि हेर्न आउनेको भीड • Osvevo

दुई ओटा टाउका भएको आनौठो पाडो जन्मिएपछि हेर्न आउनेको भीड

Osnepal Admin (KTM) August 09, 2022
0

म्याग्दी :

म्याग्दीमा दुईवटा टाउको भएको पाडो जन्मेको छ । बेनी नगरपालिका–५,डडुवाका किसान हर्क बहादुर बिकले पालेको भैँसीले दुई वटा टाउको भएको अनौठा पाडो जन्माएपछि पाडो हेर्न आँउनेको गाँउमा भीड नै लागेको छ ।

प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आफ्नै प्रयासमा एउटै शरीरमा दुई वटा टाउका भएको पाडो जन्माएको गाउँका अगुवा किसान होमबहादुर खत्रीले बताए । पाडाका दुईवटा टाउका संगै दुई मुख, र चार आँखा स्पष्ट छुट्टिएका छन् ।

दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको खत्रीको भनाई छ । भैसीको अवस्था भने सामान्य छ । ,यस्तो अवस्थामा जन्मिएका पाडापाडी जिवित हुने सम्भावना न्यून हुने ता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर