काठमाडौं २४ साउन । जनता सामजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई आगामी निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।
मंगलबार पार्टील धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका राईले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
दोस्रो पटक सुनसरी १ बाट चुनाव लड्ने तयारीमा रहेका राईले गएको २०७४ सालको निर्वाचनमा पनि कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए र तर ,एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका थिए ।
यस पटक पनि गठवन्धनको साझा उम्मेदवार बन्न लागेका राईले सुनसरी क्षेत्र नम्बर १ का जनताले आफूलाई माया गरेको भएपनि गठबन्धनमा सिट बाँडफाँट गर्दा सोही स्थान नपरे पनि अन्यत्र जान पनि आफु तयार रहेको राईले बताए ।