अस्पतालमा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ,अन्यथा कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।
काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुा सबैका लागि बराबर भएको भन्दै नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको बताएका छन् ।
अस्पतालले एक रोपनी ८ आना बढी सरकारी जग्गामा महानगरको अनुमतिबिना टहरा निर्माण भन्दे मेयर साहले २४ घण्ट अल्टिमेटम् दिएका थिए । तर अस्पताल प्रशासनले भने एकै दिन टहरा भत्काउन सम्भव नभएको भन्दै समय मागेपछि उनले समय दिएका हुन् ।
कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनु पर्छ । उनले सामाजिक सञ्जालमा भन ेका छन् ।
‘दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । ‘ उनले अघि भनेका छन् ।
इन्जिनियरिङ अध्ययनबाट समय तोकिने बताएका उनले भनेका छन् , ‘यसैले हामी पुनस् आग्रह गर्छौँ, कानुनको पालना गर्दै त्यहाँ भएका अनाधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।’
उनले लेखेका छन् , कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनु पर्छ ।
नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो ।
दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्युनतम समयले फरक पार्ने छ ।
इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ । यसैले हामी पुनस् आग्रह गर्छौँ, कानुनको पालना गर्दै त्यहाँ भएका अनाधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।