इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्यो • Osvevo

इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्यो

LC (KTM) August 09, 2022
0

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली सेनाले बताएको हो । आठवटा बन्दुकसहित पाँचजनालाई पक्राउ गरिएको जनाउँदै सेनाले जारी गरेको विज्ञप्तिमा आतङ्ककारीहरूले नागरिक मार्ने प्रयोजनका निम्ति तस्करी गरेको ठानिएका ती हतियारसहित अभियुक्तहरूलाई प्रहरीको जिम्मा लगाइएका उल्लेख छ ।

बितेका छ महिनामा नेगेभबाट भएका हतियार तस्करीका १० वटा घटनामा एकसय ७० भन्दा बढी हतियार इजरायलले कब्जामा लिएको नेगेभ सीमा प्रहरीले जनाएको छ । गाजा क्षेत्रमा गत शनिबार र आइतबार प्यालेस्टिनी अतिवादीहरूले घातक आक्रमण गरेपछि इजरायलले सीमापार हतियार तस्करी रोक्न गुप्तरूपमा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर