मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड समातिए • Osvevo

मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड समातिए

Osnepal Admin (KTM) January 05, 2023
0

भरतपुर – मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा संलग्न खोटाङको ऐसेलुखर्क–५ ठेगाना रहेका गार्ड २७ वर्षीय कृष्ण राई रहेका छन् ।

उनले भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोग लागेको छ । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठेगाना भई भरतपुर–१ मा बस्दै आएका मोटरसाइकल चालक ३७ वर्षीय सञ्जिवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

राइले शव कक्षमा गएर उनै मृतकको हातबाट ब्रास्लेट निकालेको भेटिएको बताइएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रास्लेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएर खोजी गर्दा अनुसन्धान गर्दै जाँदा उक्त ब्रास्लेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पन्डितले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर