जाजरकोटमा घाँस काट्न गएकी २३ वर्षीया पवित्राको भीरबाट लडेर मृत्यु • Osvevo

जाजरकोटमा घाँस काट्न गएकी २३ वर्षीया पवित्राको भीरबाट लडेर मृत्यु

Osnepal January 06, 2023
0

सुर्खेत, २२ पुस;जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा बादे भीरबाट लडेर २३ वर्षीया पवित्रा रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रावत दम्पत्ती घाँस काट्न जंगल भएका थिए ।

यो पनि : पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु:पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर