नोरा फतेहीको मायामा लिप्त छन् आर्यन खान • Osvevo

नोरा फतेहीको मायामा लिप्त छन् आर्यन खान

Osnepal January 06, 2023
0

काठमाडौं, -बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका तथा डान्सर नोरा फतेही र अभिनेता शाहरूख खानका छोरा आर्यन खान प्रेममा रहेको हल्ला बलिउड फिल्मी बजारमा चल्न थालेको छ ।

यी दुई धेरै जसो समय एक साथ रहने गरेको तथा दुवै पार्टीमा एक साथ गएको तस्विर पनि बाहिर आएको छ । दुवैले पार्टी गरिरहेको तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्। प्रेम सम्बन्धबारे भने आर्यन र नोराले अहिले सम्म मुख खोलेका छैनन् ।

केही समयअघि आर्यन र अनन्या डेट गरिरहेको खबर बाहिरिएका बेला फेरी यी दुई बिच प्रेम सम्बन्ध रहेको चर्चा बाहिर आएको हो । यो तस्बिर सार्वजनिक भएपछि अनन्या पाण्डेको के हुन्छ ? भन्ने कमेन्ट पनि आइरहेको छ। आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्।

उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्। नोराले केही समय पहिले विश्वकपमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर