उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै • Osvevo

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Osnepal January 06, 2023
0

काठमाडौं, २२ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर