बलिउड आइटम गर्ल मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा फेसनको जादू छर्ने • Osvevo

बलिउड आइटम गर्ल मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा फेसनको जादू छर्ने

Osnepal Admin (KTM) January 06, 2023
0

काठमाडौं -बलिउड आइटम गर्ल मलाइका अरोरा काठमाडौं आउने भएकी छन् । पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नका लागि काठमाडौं आउने भएकी हुन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।

बलिउडकै फेसन क्विनका रुपमा परिचय बनाएकी मलाइकाको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । फेसन रनवेमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।

अर्जुन कपुरसँगको प्रेम सम्बन्धले चर्चामा रहेकी मलाइका केही दिन पहिले पूर्व पतिसँग डिनरका लागिसँगै गएपछि थप चर्चामा आएकी थिइन् । यसो त मलाइकाले अब छिट्टै अर्जुन कपुरसँग बिहे गर्न लागेको खबर पनि बाहिर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर