एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नो आगामी फिल्म ‘शकुन्तलम’ को डबिङ सुरु गरेकी छन् । सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गर्दै उनले ‘शकुन्तलम’ को लागि डबिङ सुरु गरेको जानकारी गराएकी हुन् ।
स्वास्थ्य अवस्थामा देखिएको समस्याको कारण उनी फिल्मबाट ब्रेक लिने तयारीमा रहेको भन्दै गर्दा उनले फिल्ममा डबिङको काम भइरहेको तस्बिर सार्वजनिक भएपछि उनका फ्यानहरु खुशी भएका छन् ।
सामन्थाले ‘शकुन्तलम’ को तस्बिरसँगै पोस्टमा लेखेकी छिन्– ‘संसारमा यो पागलपन, दुःख र हानिको उपचार कला हो । त्यसैले म फेरी काममा फर्किसकेको छु ।’ मायोसाइटिस नामको रोग लागेपछि उनले उक्त रोगको उपचार गराइरहेकी छन् । शकुन्तलम’ फिल्म प्रसिद्ध कवि तथा नाटककार कालिदासको नाटक ‘शकुन्तला’ मा आधारित छ । फिल्मलाई को लेखन तथा निर्देशन गुणाशेखरले गरेका हुन् ।
सामन्थाका अलावा दक्षिण भारतीय कलाकार देव मोहन, गौतमी, अदिति बालन र अनन्या नगल्ला पनि सहायक भूमिकामा देखिनेछन् ।योसाइटिसका कारण उनले वरुण धवन अभिनित ‘सिटाडेल’ वेब सिरिजबाट पनि पछि हटेको खबर आएको थियो