सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल • Osvevo

सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

LC (KTM) January 06, 2023
0

काठमाडौं, २२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिएका हुन् ।

१० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

२५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर