चाँदीका गरगहना चोरी गरेको अभियोगमा १९ वर्षीय राजबाबु पक्राउ • Osvevo

चाँदीका गरगहना चोरी गरेको अभियोगमा १९ वर्षीय राजबाबु पक्राउ

Osnepal Admin (KTM) January 06, 2023
0

सर्लाही, २२ पुस -ब्रहम्पुरी गाउँपालिका(३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका(२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर