चिसोले कठ्यांग्रिएर ४५ वर्षीय राजुको दुखद निधन, ६ छोराछोरीको बिचल्ली • Osvevo

चिसोले कठ्यांग्रिएर ४५ वर्षीय राजुको दुखद निधन, ६ छोराछोरीको बिचल्ली

Osnepal Admin (KTM) January 06, 2023
0

सप्तरी – चिसोले कठ्यांग्रिएरसप्तरीमा एकजनाको दुखद मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदा रहेका छन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।

राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले बताए। खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत अबस्थामा फेला परेको बताइएको छ ।

एक साताअघिदेखि तराईका जिल्लामा अध्यधिक चिसो बढे पछि जनजीवन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर