मलाइका एकदमै स्टाइलिश छिन् उनलाई धेरै ग्ल्यामर्स हुन र छोटो कपडा लगाउन मन पर्छ :अरबाज • Osvevo

मलाइका एकदमै स्टाइलिश छिन् उनलाई धेरै ग्ल्यामर्स हुन र छोटो कपडा लगाउन मन पर्छ :अरबाज

Osnepal January 06, 2023
0

उमेरले डाँडा काट्न लागे पनि बलिउडको हट एण्ड बोल्ड अभिनेत्रीको रुपमा परिचीत छिन् अभिनेत्री मलाइका अरोरा । उनी आफु भन्दा निक्कै कम उमेरका नायक अर्जुन कपुर संग डेट गरिरहेकी छिन् । उसो त मलाइका अरोरा तथा अरबाज खान एक समय बलिउडको सबैभन्दा फेमस दम्पत्तिको रुपा चिनिने गरेको थियो ।

कुनै इभेन्ट तथा पब्लिकमा देखिदा उनीहरुको एकदमै चर्चा हुने गरेको थियो । दुबैले १९ बर्ष सम्म संगै रहेर सन् २०१७ मा आ आफ्नो बाटो पक्रिए । अर्थात सम्बन्ध बिच्छेद गरे । मलाइका बलिउडको सबैभन्दा ग्ल्यामर्स अभिनेत्री हुन् । उनी हरेक समय आफ्नो बोल्ड तथा ब्युटिफुल चोइज बाट फ्यानहरुलाई सरप्राइज दिन र आकर्षित गर्न पछि पर्दिनन् ।

तर यहि बिषयमा उनका पुर्वपति अरबाज खानको भने कस्तो थियो त धारणा ? आज हामी यसको बारेमा तपाईलाई बताउँदै छौ । मलाइका तथा अरबाज एक अर्का संग अलग हुनु भन्दा अगाडी एकदमै मायामा रमेका थिए । दुबै जना एक अर्कालाई सर्पाेट गर्द थिए । त्यस्तै एक अर्कालाई ईज्जत समेत गर्थे । यसैक्रममा एक च्याट शो मा अरबाज खानलाई मलाइका अरोराको फेशन सेंसलाई लिएर उनको धारणा मागिएको थियो ।

साजिद खानले आफ्नो शो मा प्रश्न गरेका थिए –मलाइका एकदमै स्टाइलिश छिन् । उनलाई धेरै ग्ल्यामर्स हुन तथा छोटो कपडा लगाउन एकदमै मन पर्छ । के यो देखेर नराम्रो लाग्दैन ? अरबाजले यो प्रश्नको बडो मज्जाले जवाफ फर्काउँदै भन्छन्– यसमा नराम्रो मान्नु पर्ने कुनै कुरै छैन । मलाइका एकदम मज्जाले जान्दछिन् कि उनलाई के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने कुराको राम्रो ज्ञान रहेको छ ।

अरबाजको यो कुराले प्रस्ट हुन्छ कि अरबाज र मलाइका बीच एकदमै राम्रो सम्बन्ध रहेको थियो भन्ने । दुबै जनाको सम्बन्ध एकदमै राम्रो र एक अर्कालाई इज्जत दिने खालको रहेको थियो । उनीहरु दुबै जनाको एक छोरा समेत रहेका छन् उनको नाम अरहान खान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर