सर्वदलीय बैठक : संसदकाे पहिलो दिन शीर्ष नेताले सम्बाेधन गर्ने, भोलिपल्ट प्रधानमन्त्रीले विश्वासको मत लिने • Osvevo

सर्वदलीय बैठक : संसदकाे पहिलो दिन शीर्ष नेताले सम्बाेधन गर्ने, भोलिपल्ट प्रधानमन्त्रीले विश्वासको मत लिने

Osnepal January 06, 2023
0

काठमाडौं, २२ पुस । सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ ।२५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहअनुसार २६ पुसमा विश्वासको मत लिने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेका थिए ।

सोहीअनुसार सर्वदलीय बैठकले २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठकको कार्यसूचीमा राख्ने निर्णय गरेको हो ।१० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर