काठमाडौं, पुस २२ -नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पहिलो पटक निवास धुम्बाराहीमा छलफलका लागि बोलाएको बताइएको छ ।
महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा छलफल हुन लागेको बताइएको छ । यसो त यस अघि पनि देउवाले दिनहुजसो पार्टीका नेताहरूसँग छलफल बढाएका छन् ।
सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै अलोचना गर्दै आइरहेका थिए ।