बागलुङका प्रहरी प्रमुख ज्ञवाली नगद सहित पुरस्कृत • Osvevo

बागलुङका प्रहरी प्रमुख ज्ञवाली नगद सहित पुरस्कृत

Osnepal Admin (KTM) January 06, 2023
0

थम्मन थापा / बागलुङ पौष २२- गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले बागलुङ जिल्लाका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीसहित ७ जिल्लाका प्रहरी प्रमुखहरु सहित १० जना प्रहरी अधिकृतलाइ नगदसहित पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा बागलुङ जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली सहित तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मी, कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनादन जिसी रहनुभएको छ ।

त्यस्तै, म्याग्दीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक तिलक भारती, मुस्ताङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मनाङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रेम सागर केसी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीं, वर्डा प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक युवराज भण्डारी र ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठलाई पनि अभिलेख किताबमा जनिने गरी जनही एक हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालय कास्कीका (डिआइजी) रामदत्त जोशीले पुरस्कृत भएका प्रहरी प्रमुखहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालयले उहाँहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर