स्कारपियोको ठक्करबाट महिला घाइते, स्कारपियो चालक २६ वर्षीय हरि समातिए • Osvevo

स्कारपियोको ठक्करबाट महिला घाइते, स्कारपियो चालक २६ वर्षीय हरि समातिए

Osnepal January 06, 2023
0

धनगढी, २२ पुस : बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १:३० बजेतिर स्कारपियोले ठक्कर दिएको हो ।

दार्चुलाबाट धनगढी आइरहेको भे१च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर