न्यायको अवसान भएको भन्दै विद्यार्थीद्धारा चिन्ता व्यक्त • Osvevo

न्यायको अवसान भएको भन्दै विद्यार्थीद्धारा चिन्ता व्यक्त

Osnepal Admin (KTM) January 06, 2023
0

देशमा न्यायको अवसान भएको भन्दै भक्तपुरका विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । न्याय सवैले पाउनुपर्ने र न्यायका खातिर सवैजना एकजुट हुनुपर्ने आवश्यकता उनीहरुले औंल्याए । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरको मानविकी विभागको आयोजनामा भएको प्रतियोगितात्मक पुस्तक समिक्षामा न्यायको अवसान पुस्तकमाथि समिक्षा गर्दै विद्यार्थी उषा देउजाले देशमा न्यासको अवसान भएकोमा दुःख व्यक्त गरिन् । देउजाले तत्कालिन माओवादीबाट ह त्या गरिएका भनिएका स्वर्गीय नुरप्रसाद अधिकारी र गंगामाया अधिकारीको आत्मकथामा आधारित न्यायको अवसान नामक पुस्तकमाथि समिक्षा गरेकी थिइन् ।

देउजाले गंगामायाले अहिलेसम्म पनि न्याय पाउन नसकेको भन्दै गहिरो चिन्ता व्यक्त गरेकी थिइन् । गंगामाया अहिले पनि न्यायका लागि बीर अस्पतालको क्याविन नं ७ मा अनसनरत छिन् । अनसन वस्दावस्दै उनका पति नुरप्रसादको भने देहावसान भइसकेको छ । तैपनि उनले न्याए पाएकी छैनन् र स्वर्गीय पति नुरप्रसादको लाश अझै दाहसंस्कार गरिएको पनि छैन । स्वर्गीय नुरप्रसादको लाश शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा राखिएको छ ।

कार्यक्रममा छात्रा गंगा शाक्यले अनिश शाक्यद्धारा लेखिएको नेपाल भाषाको गजल संग्रह किच (छायाँं) माथि समिक्षा गर्दै नेपाल भाषाको दुराअवस्थाप्रति चिन्ता साटिन् । नेपाल भाषाको प्रयोग दिनानुदिन घट्दै गइरहेको भन्दै उनले यो भाषा लोप हुनेप्रति चिन्ता गरिन् । कार्यक्रममा विद्यालयमा मानविकी संकायको कक्षा १२ मा अध्ययनर नौ जना छात्रछात्राहरु सहभागी रहेका थिए । कार्यक्रममा धुलिखेलकी जेविता कुँंवर प्रथम भइन् । प्रतियोगितामा गंगा शाक्य दिद्धिय भइन् । प्रतियोगितामा सरु लामा र उषा देउजा संयुक्त रुपमा तृतीए भए । विद्यार्थीहरु श्रया नायभा, महिमा राई, रोहित श्रेष्ठ, अनुषा शर्मा, क्रिजेश राजचलले पनि आआफले अध्ययन गरेको पुस्तकको समिक्षा प्रस्तुत गरेका थिए ।

विद्यार्थीले आआफुले छुटाछुटै रुपमा अध्ययन गरेका पुस्तकको समिक्षा पावर प्वाइन्टमार्फत प्रस्तुत गरेका थिए । उनीहरुले आफूले अध्ययन गरेका नेपाली, अंग्रेजी, नेपाल भाषाका पुस्तकहरुको समिक्षा गरेका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयको व्यवस्थापन तथा मानविकी संकायका कोइन्चार्ज राजन ग्वाछाले पुरस्कार वितरण गरे । कार्यक्रममा विद्यालयको मानविकी संकायका एचओडी राजु लासिवाले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाए । कार्यक्रममा विद्यार्थीले गीत गाएर मनोरञ्जन पनि दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर