महेन्द्रनगर -मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको हो । मधेस प्रदेशसभामा एक सय सात सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।
यो पनि:अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग- तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि आविष्कार केन्द्र स्थापना गर्ने भएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले आविष्कार केन्द्र स्थापना गर्ने योजनासहित कार्य अगाडि बढाइएको स्थानीयवासी दीपक भण्डारीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका लागि ग्रामीण भेगमा ह्विलचियर भूगोल सुहाउँदो नभएपछि अधिकांशले दुःख पाइरहेको अवस्थामा आविष्कार केन्द्र खोल्न लागिएको भण्डारीले बताउनुभयो । केन्द्र खुलेपछि अपाङ्गता भएका धेरैलाई राहत मिल्ने हुँदा सहयोग गरिदिन उहाँले सरोकारवाला निकायसँग अपिल गर्नुभएको छ ।