भोजपुरी हसिना तथा टिभी अभिनेत्री श्वेता तिवारी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । हालै उनले आफ्ना केही हट तस्विरहरु फ्यानहरुसंग शेयर गरेकी छिन् । जुन निकै भाइरल भैरहेको छ । पछिल्लो तस्विरमा श्वेता तिवारीले ग्ल्यामरस गाउन लगाएकी छिन् ।तस्विरमा श्वेता सिल्भर र निलो गाउनमा निकै सुन्दर देखिएकी छिन् । उनको यो लुक हेर्दाहेर्दै भाइरल भईरहेको छ ।
अभिनेत्रीले खुला कपाल र मिल्दो गहना लगाएर आफ्नो लुक पूरा गरिन्। यससँगै अभिनेत्रीको एक्सप्रेशनले तस्विरमा आकर्षण थपिरहेको छ । यसअघि श्वेता गुलाबी रंगको साडी लगाएकी थिइन् । जसमा उनी अप्सराजस्तै सुन्दर देखिएकी छिन् ।अभिनेत्रीले आफ्नो सरल शैलीले पनि फ्यानको मन जितिन् । श्वेताको हरेक लुक्समा फ्यानहरुले पनि धेरै माया जताइरहेका छन् । अभिनेत्रीले भोजपुरीमा मात्र नभई टिभी उद्योगमा पनि आफ्नो विशेष पहिचान बनाएकी छिन् ।