सैफ, कृति र प्रभास अभिनित ‘आदिपुरुष’ नयाँ पोस्टर सार्वजनिक • Osvevo

सैफ, कृति र प्रभास अभिनित ‘आदिपुरुष’ नयाँ पोस्टर सार्वजनिक

Osnepal April 02, 2023
0

मुम्बई । दक्षिण भारतीय अभिनेता अभिनेता प्रभास, अभिनेत्री कृति सेनन, अभिनेता सैफ अली खान अभिनीत चलचित्र ‘आदिपुरुष’ नयाँ पोस्टर सार्वजनिक गरिएको छ । रामनवमीको अवसर पारेर नयाँ पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति, लक्ष्मणको भूमिकामा सन्नी सिंह र हनुमानको भूमिकामा देवदत्त नागेलाई देखाइएको छ । केही समयअघि सार्वजनिक भएको चलचित्रको टिजरपछि प्रशंसाभन्दा आलोचना भएको थियो । चलचित्रमा प्रयोग गरिएको भिएफएक्सका कारण यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेम भनेर आलोचना गरेका थिए ।

गुणस्तरीय भिएफएक्स नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली जस्तो टिप्पणी भएकोे थियो । यही कारण आदिपुरुषको निर्माण पक्षलाई सस्तो भिएफएक्समा चलचित्र बनाएको भन्दै आलोचनासमेत भएको थियो । यसैबीच निर्माण टिमले पुनः भिएफएक्स गर्न चलचित्रको प्रदर्शन मिति सारेका थिए । जनवरी १२ मा प्रदर्शन हुने जनाइएको यो चलचित्र जुन १६ मा सारिएको हो ।

हिन्दी र तेलेगु भाषामा निर्माण गरिएको ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन् । यो चलचित्र तमिल, मलयालम, कन्नडलगायतका अन्य भाषामा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । आदिपुरुष थ्रिडी फिचर चलचित्र हो । रामायणको कथामा केन्द्रित भएर निर्माण गरिएको यसमा असत्यमाथि सत्यको विजयलाई देखाइने जनाइएको छ । निर्माण पक्षका अनुसार चलचित्रमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने छ । यसअघि ‘आदिपुरुष’ करिब ५ सय करोड भारू बनेको जनाइए पनि पुनः भिएफएक्स गरिएपछि यसको बजेट करिब ६ सय करोड भारु पुगेको छ । भारतीय सञ्चार माध्यमले ‘आदिपुरुष’ भारतकै महँगो चलचित्र भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर