सानी छोरीले स्कुलमा चित्र बनाउँएपछि बाबुलाई २ वर्षको जेल सजाय, सबै बचत र ल्यापटप समेत लगे • Osvevo

सानी छोरीले स्कुलमा चित्र बनाउँएपछि बाबुलाई २ वर्षको जेल सजाय, सबै बचत र ल्यापटप समेत लगे

Osnepal Admin (KTM) April 02, 2023
0

काठमाडौं ।स्कुलमा छोरीले आफ्नो विद्यालयमा युद्धको विरुद्धमा चित्र बनाएपछि आफ्ना बाबुलाई दुई वर्षको जेल सजाए हुने भएको छ । रुसको एक अदालतले मङ्गलबार एलेक्सी मोस्कालेभ नाम गरेका व्यक्तिलाई दुई वर्षको जेल सजाय सुनाएको समचारमा सुनाइएको छ ।

गत वर्ष युद्ध सुरु भएको दुई महिनापछि अप्रिलमा एलेक्सीको छोरीको विद्यालयमा रुसको युद्धलाई समर्थन गर्ने चित्र बनाउन भनियो। यसमा एलेक्सीकी छोरी माशाले एक चित्र बनाइन् जुन युद्धको विरुद्ध थियो।

त्यस्तै युद्ध हुनुहुँदैन । युक्रेनको समर्थनमा नारा पनि लेखिएको थियो । एक दिन पछि, माशाका शिक्षकहरूले एलेक्सीलाई स्कूलमा बोलाए। बाबु छोरी दुवैलाई कारमा राखेर सोधपुछका लागि लगिएको थियो ।

डिसेम्बर ३० मा पाँच पुलिस कार र एक दमकल उनको घर आएर उनलाई पक्राउ गरेको बताइएको छ । आफ्नो सबै बचत, मोबाइल फोन, ल्यापटप र उनकी छोरी माशाले बनाएको पेन्टिङ समेत खोसेको बताइएको छ ।एलेक्सीलाई उनको वकिल र अनुसन्धान एजेन्सी बाहेक कसैले सम्पर्क गर्न सक्दैन। माशालाई अहिले आश्रयमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर