टेबल टेनिसको १० सदस्सीय टोली आज कोरिया जाँदै • Osvevo

टेबल टेनिसको १० सदस्सीय टोली आज कोरिया जाँदै

Osnepal April 10, 2023
0

काठमाडौं, २७  चैत । दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु आज दक्षिण कोरिया जाँदैछन् ।

सो प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडी सहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन ।

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर